Erani Mahal
कोरोना त्रास : गाउँघरमा छैन् दशैंको उल्लास् !
DSC01314
पाल्पा – झण्डै ८२ वर्ष पुगेकी नैनाकला बस्याललाई दशैं आएझै लागेकै छैन् । विगतमा दशैं शुरु हुँदा देश–परदेशमा भएकाहरु गाउँ आउँथे । केटाकेटी जम्मा भएर होहल्ला गर्दै खेलिरहेका हुन्थे । गाउँमा चहलपहल बढ्थ्यो । [caption id="attachment_14233" align="alignnone" width="768"] -नैनाकला बस्याल[/caption] बगनासकाली–९ की नैनाकलाले ईरानीमहलसंग भन्नुभयो –‘तर, यसवर्ष त गाउँ निकै सुनसान छ । यति उराठलाग्दो दशैं कहिल्यै जानेकी थिइन् ।’ यसवर्ष आफ्नो टिका नभएपनि कोरोनाले गाउँघरको रौनक नै खोसेको उहाँले बताउनुभयो । ६० वर्षीय पार्वती सुनारमा पनि दशैंको कुनै उत्साह र उमंग छैन् । बगनासकाली ६, यम्घा गुँगाकी पार्वतीले भन्नुभयो, –‘यसवर्ष त फिटिक्कै रमाईलो छैन् । जता पनि कोरोनाकै त्रास छ । त्रासै–त्रासबीचको दशैं कस्तो पो हुने हो ?’ विदेशमा रहेका तिनभाई छोरा कोरोनाका कारण दशैं मनाउन आउन नपाउँदा पनि आफूमा उत्साह नभएको उहाँले बताउनुभयो । अरुबेला सुनसान भएपनि दशैंमा गाउँघरमा चहलपहल बढ्थ्यो । रोजगार र अध्ययनको शिलशिलमा सहर तथा विदेश गएकाहरु गाउँ फर्किन्थे । तर, कोरोना भाइरसको संक्रमणका कारण यसवर्षको माहोल अर्कै छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा कतिपय बजारबाट गाउँ आउन चाहेका छैनन् । स्थानीय तहले पनि गाउँ प्रवेशमा कडाईको नीति ल्याएका छन् । त्यसैले यसवर्ष गाउँघरमा पनि दशैंको उत्साह नभएको स्थानीयहरु बताउँछन् । यसवर्ष कोरोनाका कारण आफन्तलाई समेत बोलाउन जोखिम हुने भएकाले सन्तान र आफन्तलाई सम्झिँदै घरभित्रै सामान्य तरिकाले दशैं मनाउने प्रयत्नमा छन् गाउँघरका स्थानीयहरु । . कोरोनाको त्रासका कारण दशैं मनाउने की नमनाउने ? कसरी मनाउने ? भन्ने द्धिविधा समेत स्थानीयमा देखिन्छ । [caption id="attachment_14234" align="alignnone" width="768"] -लोकबहादुर आले[/caption] यम्घा गुँगाकै ७५ वर्षीय लोकबहादुर आले यसवर्षको दशैं कसरी मान्ने द्धिविधा रहेको बताउनुहुन्छ । ‘वरपर कसरी मनाउनुहुन्छ ? त्यही अनुसार गर्ने सोँचेका छौं । सकेसम्म आफ्नै परिवारभित्र मात्र दशैं मनाउने सोँच बनाएका छौं’– उहाँले भन्नुभयो । यसवर्ष गाउँघरमा पिङ्समेत राखिएको छैन् । भीडभाड हुने मन्दिर समेत सुनसान छन् । त्यसैले स्थानीयहरु यसवर्षको दशैंलाई उमंग हराएको दशैं भनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update