Erani Mahal
रम्भामा आगोलागी हुँदा डेढ लाखको क्षति
Aagolagi
पाल्पा– जिल्लाको रम्भामा गोठमा आगोलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका ३ कमलाछापकी नरमती पुनको गोठमा आगोलागी भएको हो । आगोलागी अचानक भएको र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मदन गिरीले बताउनुभयो । आगोलागीबाट मानवीय तथा पशुचौपायाको क्षति नभएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update