Erani Mahal
फेसबुकमा बलात्कारी संगठन बनाउने युवक पाल्पाबाट पक्राउ
ooo
पाल्पा - सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन (रेपर एसोसियसन) नामक पेज तथा ग्रुप बनाउने एक जना किशाेरलाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका अभिषेक नेपाल रहेका छन् । केही दिन अघि नवलपरासीबाट एक जना पक्राउ गरेको साइबर ब्यूरोले पाल्पाबाट अर्को एक जनालाई पक्राउ गरेको जनाएकाे छ । सामाजिक संजाल फेसबुकमा बलात्कारी नाममा आइडी बनाएर बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट गरिएकाे थियाे । उक्त आइडीबाट जघन्य अपराधजन्य विषयमा कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । व्यूराेले उक्त फेसबुक चलाउने युवालाइ पक्राउ गर्न भनेपछि पाल्पा प्रहरीले नेपाललाइ चिदीपानी घरबाटै गिरफ्तार गरेकाे हाे । ब्यूरोले यसअिघि प्युठान झिम्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update