Erani Mahal
पाल्पामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण
corona-virus-covid-19
पाल्पा – पाल्पामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधवार तानसेन तथा अस्पतालका १७, माथागढीका ५, बगनासकाली र रिब्दीकोटका २/२ जनासंगै पूर्वखोला गाउँपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार संक्रमण पुष्टि भएकामध्ये १६ जना पुरुष र ११ जना महिला छन् । योसंगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या १ हजार ४१ पुगेको छ । त्यसमध्ये ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाल्पामा ७ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या २ सय ६४ छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update