Erani Mahal
पाल्पा – तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरूषकाे मृत्यु भएको छ । बगनासकाली ७ का ७८ वर्षिय पुरूषकाे बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने पुरूषमा दम र सुगरकाे समेत समस्या रहेकाे अस्पतालले जनाएकाे छ । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । हालसम्म पूर्वखोला, मदनपोखरा, अर्गली, तानसेन र बगनासकालीमा काेरोनाका कारण मृत्यु भएको स्वास्थ्यको भनाई छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update