Erani Mahal
देशभर ३ हजार ९३   काेराेना संक्रमित थपिए
Coronavirus-recession
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएकाे हाे । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update