पाल्पा – सिलिण्डरको ग्यास लिक हुँदा रामपुरको एक होटलमा आगलागी भएको छ । ल्यास लिक भएर रामपुर–८, स्थित भालुटारका इन्द्रबहादुर सिंजालीको घरमा आगलागी हुँदा ७० हजार बढीको क्षति भएको छ ।
आगलागीबाट होटलको फ्रिज, टेबल, कुर्ची सहित अन्य सामान समेत नष्ट भएको प्रहरीले जनाएको छ । सोमबार दिउँशो सिंजालीको होटलमा सिलिण्डरको ग्यास एक्कासी लिक हुँदा आगलागी भएको थियो । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय