Erani Mahal
गुल्मीका शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणका लागि निषेधाज्ञा
122096588_472572220369870_602784071461235823_o
गुल्मी – गुल्मीका शक्तिपीठ तथा मन्दिरहरुमा दर्शनार्थीका लागि निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले, कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा पुजाआजाका लागि निषेधाज्ञा लागू गरेको हो ।   प्रशासनले सोमबार सूचना जारी गर्दै भनेको छ, ‘वडादशैं लगायतका चाडपर्वमा कोभिड १९ संक्रमणको फैलदोँ जोखिमलाई मध्यनजर गर्दै नगरपालिका र गाउँपालिका तथा सो को वडाहरुमा रहेका सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूआआजा बाहेक दर्शनका लागि जान सर्वसाधारणका लागि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको छ ।’ सूचनामा हरेकले आफ्नै घरमै पूजापाठ र बली दिने कार्य गर्न समेत अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय, गुल्मीले जारी गरेको सूचना
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update