Erani Mahal
लोक सेवा आयोगको सबै परीक्षा स्थगित
Loksewa-notice
काठमाडौं - लोक सेवा आयोगले निर्धारित सबै लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगले सोमबार सूचना प्रकाशित गरी यही कात्तिक १६ गतेदेखि गर्न लागिएको निजामती, सुरक्षा एवं संगठित संस्थाका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।   यसअघि आयोगले निर्णय गर्दै आगामी कार्तिक १६ गतेदेखि लिखित परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरेको थियो । तर परीक्षामा सम्मिलित हुने परीक्षार्थीमा सिर्जना भएको भय तथा आयोगमा समेत कोरोना भाइरसको संक्रमण देखिएकाले लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update