Erani Mahal
निस्दीमा थप ५ जनामा कोरोना संक्रमण
Corona virus
(निस्दी) पाल्पा – निस्दी गाउँपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला तानसेनमा आइतबार र सोमबार गरिएको नमुना परिक्षणमा गाउँपालिकाभित्रका ३ जना पुरुष र २ जना महिलालाई कोरोना पोजिटिभ देखिएको हो । असोज २९ गते ७३ जनाको स्वाब पीसीआर परिक्षणको लागि पठाएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभयो । यसअघि निस्दीमा १० जनालाई कोरोना पोजेटिभ देखिएको थियो । थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको संयोजक दिशाले बताउनुभयो । पछिल्लो पटक संक्रमित हुनेमा २ जना भारतबाट आएका, १ जना स्वास्थ्यकर्मी, १ जना कर्मचारी र १ जना स्थानीय बासिन्दा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update