Erani Mahal
लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूले दशैं खर्च नलिने
ll
बुटवल - लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको व्यवस्था नगरेकाे जनाएको छ। प्रदेश सरकारले प्रदेश अन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको व्यवस्था नगरेकाे प्रदेश सरकारले जनाएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आइतवार प्रेस नोट जारी गरी त्यहाँका जनप्रतिनिधिले चाडपर्व खर्च नलिने बताउनुभयाे । उहाँले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च (दशैं खर्च) नलिएको स्पष्ट पार्नुभयाे । देशमा जनअपेक्षा अनुसार उत्तरदायी शासन व्यवस्था चाहिएको भन्दै लुम्बिनी सरकारले कोरोना संकटको बेला दशैं खर्च कसैले पनि नलिने निर्णय भएको जनाएको छ। लुम्बिनी सरकारले अब मागमा आधारमा भन्दा योजनाका आधारमा बजेट विनियोजन गरिने पनि उल्लेख गरेको छ। यसअघि संघीय संसदका सदस्यहरुले दशैं खर्च बुझेका थिए। कोरोनाका कारण देश आर्थिकरूपमा गम्भीर संकटमा परेका बेलामा सरकारी उच्च अधिकारीहरुले धमाधम दशैं खर्च लिइरहेको सन्दर्भमा लुम्बिनीले सकारात्मक सन्देश दिएको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update