Erani Mahal
खाडीकाे जागिर भन्दा गाइ पालनमै रमाएका गुल्मीका युवा !
cow form
चुरामणी तिमिल्सिना गुल्मी- साउदी अरबको जागिर छोडेर आफ्नै गाइ फर्ममा दुध उत्पादन गर्दा आन्दको महसुस भएको रुरु ४ का रमेश प्रसाद श्रेष्ठले भन्नुभयाे खाडी मुलुकमा पसिना बगाउनु भन्दा स्वदेशमै गाइ पाल्नु राम्राे रहेछ । उहाँ झन्डै ७ बर्षको समय दुबै, मलेसिया, तथा साउदिका विभिन्न खाडिको देशमा काम गरेर स्वदेशमा फर्कनुभएकाे हाे । बिदेश बसेर राम्रो आम्दानी नभए पछी तथा परिवारलाई संतोषजनक आम्दानी देखाउन नसके पछी आफू नेपालमै आएर आफ्नै जगामा १८ लाख लगानीमा २०७२ साल देखि घ्यूबेसि पशु-पालन तथा डेरि फर्म सन्चालन गरेर आफुले मनज्ञ आम्दानी लिन सफल भएको श्रेष्ठको भनाइ छ । फर्म सन्चालन गर्दा ८ जनाले सुरु गरे पनि उनी हरु सबैले छोडेपछि आफुले भने निरन्तरता दिदै आएको रमेश प्रसाद श्रेष्ठले बताउनुभयाे । अहिले उन्नत जातका ६ गाइ रहेका र दौनिक६० लिटर दुध उत्पादन भएको छ। यति मात्र नभई दिगाम धरमपानिका कृषकहरुको भैसिको दूध समेत खरिद गरेर दैनिक २०० लिटर घर-घरमा पुर्याउने गरेको उहाँले बताउनुभयाे । गाइपालनकाे लागि जिल्ला पशु सेवा कार्यलय गुल्मिबाट २ लाख ५० हजार , रुरु क्षेत्र गाउँपालिका बाट ५० प्रतिशत अनुदानमा एउटा डि -फ्रीज र वडा नम्बर ४ बाट , कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत रु २८ हजार दूध बिक्री गरेबापत प्रतिलिटर २ रुपियाँ अनुदान प्राप्त गरेको उहाँकी श्रीमती कमलाले बताउनुभयाे । उहाँले थप सहयाेग र लगानी प्राप्त भएमा गाइको संख्या बढाउने तथा केही युवाहरूको संख्यालाई रोजगार समेत दिन तयारी गरिरहेको फर्म सन्चालकको भनाइ छ । आफू जस्तै बिदेश गएका तमाम युवाहरूले आफुहरु बिदेशको जागिरलाई छोडेर केही समयपछि आफू संग सहकार्य गरेर अगाडी बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन । गाउँपालिका तथा वार्डको समन्वयमा सहयोग गर्ने र अन्य क्षेत्रबाट समेत बिबिध शीर्षकमा सहयाेग गरी व्यवसायिक किसानलाइ सहयाेग गरिने रुरु क्षेत्र गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष पर्सुराम ज्ञवालीले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update