Erani Mahal
मदनपोखराका सन्तोषको सालैजो गीत सार्वजनिक
santosh_
पाल्पा - तानसेन ८, मदनपोखराका सन्तोष बुढापृथीको सांगीतिक कोशेली सार्वजनिक भएको छ । उहाँको र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाजमा ‘आज रोधि बस्ने हो’ बोलको सालैजो गीत शनिबार सार्वजनिक भएको हो । यो गीतको शब्द रामु खातिले लेख्नुभएको हो । संगीत भने गायक सन्तोष र रामुको रहेको छ । भागिरथ गाहा मगरको निर्देशनमा बनेको गीतको भिडियोमा नविन बि.क., प्रकाश गौतम, देवी मगर, रविन मगर लगायतको अभिनय छ । काठमाडौंमा खिचिएको भिडियोलाई सुरेश श्रेष्ठले खिच्नुभएको हो भने रोशन गाहा मगरले यसको सम्पादन गर्नुभएको हो । गीत सम्झना भण्डारीको युट्युब च्यानलमार्फत सार्वजनिक छ । यस गीत गाउनुभएका सन्तोषले सानैदेखि गायनमा रुचि राख्दै आउनुभएको थियो । त्यही रुचिकै कारण एसएलसीपछि उहाँ काठमाडौं बसेर भोकल प्रशिक्षण लिनुभयो । केही समय दोहोरी साँझमा समेत काम गर्नुभएको थियो । अहिले उहाँको मदनपोखरा दमकडामा टेलरिङ् व्यवसाय छ । आउँदा दिनमा व्यवसायसंगै गायनलाई पनि निरन्तरता दिने सोँच राख्नुभएको छ । ‘नियमित गीत ल्याउन त नसकूँला तर वर्ष/दुईवर्षमा एउटा गीत ल्याएर गायनलाई निरन्तरता दिनेछु । त्यसका लागि अहिले आएको गीतलाई तपाईहरुले माया गरिदिनुपर्यो’– उहाँले भन्नुभयो । भिडियो हेर्नुहोस्
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update