Erani Mahal
फेसबुककाे नजरमा प्याज 'सेक्सी' !
onion
क्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ । क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट जोन्स शहरमा रहेको ‘ईडब्यू गेज’ नामको कम्पनीले फेसबुकमा ‘प्याजको बिउको एक प्रकारको’ विज्ञापन प्रकाशित गर्न चाहन्थ्यो । तर उनीहरु त्यतिबेला अचम्मित भए जब फेसबुकले प्याजको विज्ञापनलाई ‘स्पष्ट रुपमा सेक्सी’ (फेसबुकमा नग्नताको एक श्रेणी) भन्दै हटाइदियो । यसका लागि फेसबुकले एक बयान जारी गर्दै माफी मागेको छ र यो वेबसाइटद्वारा प्रयोग गरिने स्वसञ्चालित प्रविधिका कारण भएको बताएको छ । जुन विज्ञापनलाई फेसबुकले पोस्ट गर्न अस्विकार गर्यो, त्यो ‘वाल्ला–वाल्ला’ प्रजातिको प्याजको तस्बिर थियो । प्याजको यो प्रजाति आफ्नो आकार र मिठो स्वादका लागि परिचित छ । ईडब्यू गेज स्टोरका म्यानेजर ज्याक्सन म्याकलिनले भने, ‘सुरुमा मैले बुझ्दै बुझिनँ कि फेसबुकले मेरो विज्ञापन सार्वजनिक गर्न किन अस्विकार गरिरहेको छ । वास्तविक कारण बुझ्न उनलाई धेरै समय लाग्यो । ’ ज्याक्नलाई केही बेरपछि महसुस भयो कि फेसबुकले सायद प्याजलाई गल्तीपूर्वक स्तन भनेर ठान्यो कि ? ज्याक्सनलाई थाहा थियो कि उनका ग्राहक फेसबुकको यो गल्तीमा हाँस्नेछन् । त्यसैले उनले अस्विकार गरिएको विज्ञापन र फेसबुकद्वारा देखाइएको मेसेजको एउटा भिडियो बनाए र त्यो पोस्ट गरिदिए । बीबीसीसँगको कुराकानीमा फेसबुक क्यानडाका प्रवक्ता मेग सिनक्लेयरले भने, ‘आफ्नो वेबसाइटबाट नग्नतालाई टाढा राख्नका लागि हामी अटोमेटेड टेक्नोलोजीको प्रयोग गर्छौं । तपाईं हामी प्याजलाई हेरेर चिन्न सक्छौं, हामीलाई प्याजको किसिमबारे पनि थाहा होला तर प्रविधिबाट कहिलेकाँही गल्ती भइहाल्छ । यसका लागि हामीले माफी मागेका छौं र प्याजको त्यो विज्ञापनलाई बहाल गरिदिएका छौं ।’ स्टोरका म्यानेजर म्याकलीनले कोरोना महामारीपछि बिक्रिीको एउटा ठूलो हिस्सा अनलाइनमार्फत् भएको जानकारी दिए । – बीबीसी
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update