Erani Mahal
कब्जियतबाट बच्न के गर्ने ?
kabjigat
कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । संसारभर करिब २० प्रतिशत मानिसहरु कब्जियतको समस्याबाट पीडित हुन्छन् । उपचारबाट कब्जियत निको गराउन गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपचार पनि गर्न सकिन्छ । नुनपानी – कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउनुस् । यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ । यसले आन्द्राको बाहिरी सफाई गर्छ साथै भित्रि रुपमा नै समस्या कम गराउँछ । – नुनले शरीरलाई प्राकृतिक रुपमा डिटक्स गर्ने र पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ । –यदि तपाईंले दैनिक रुपमा खाली पेटमा नुन पानी पिउदा धेरै फाइदा पुग्छ । – नुन पानीका लागि एक लिटर पानी तातो गराउँनुस् । हल्का मन तातो पानीमा २ वा ३ चम्चा हालेर पिउने गर्नुस् । र १० मिनेटमा नुनपानी सकाउनुस् । –निश्चित रुपमा यसले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । केही समयमा नै तपाईँ पेट सफा भएको महसुस गर्नुहुन्छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update