X

काेराेना संक्रमणबाट राष्ट्रिय अनुसन्धान विभागका एसपिकाे निधन

रानीमहल संवाददाता || १ कार्तिक २०७७,शनिबार १४:५१

काठमाडौं – काेराेान संक्रमणबाट राष्ट्रिय अनुसन्धान विभागका एसपिकाे निधन भएकाे छ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को कोरोना भाइरसका कारण मृत्यु भएको हाे ।

रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको हो । गुप्तचर स्रोतका अनुसार कोभिड–१९ भाइरस पोजेटिभ देखिएपछि उनी बागमती प्रदेशस्थित आफ्नो कार्यालयमै सेल्फ आइसोलेसनमा बसेका थिए । हालै उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।

स्रोतका अनुसार हालसम्म राष्ट्रिय अनुसन्धान विभागमा ७० जना कर्मचारीमा संक्रमण देखिइसकेको छ । तीमध्ये ४० जना निको भइसकेका छन् । संक्रमितमध्ये अधिकांश सीमा क्षेत्रमा कार्यरत व्यक्ति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५