Erani Mahal
बुटवलमा गुल्मीकी कोरोना संक्रमित महिलाको मृत्यु
butwal-hospital
बुटवल-गुल्मीकी एक कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गर्नुभयाे । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update