Erani Mahal
शुक्रबार पाल्पामा  थप १३ जनामा काेराेना संक्रमण पुष्टि
1585316796corona-test-lab-1
पाल्पा – शुक्रबार पाल्पामा विभिन्न स्थानका थप १३ जना कोरोना सङ्क्रमित भएका छन् । जिल्ला सदरमुकाम तानसेनका ८, तिनाउ गाउँपालिकाका ३ र रिब्दीकोटका २ जना कोरोना सङ्क्रमित भएका हुन् । योसँगै पाल्पामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८९४ जना पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । शुक्रबार थप हुनेमा ९ जना पुरुष र ४ जना महिला रहेको सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।   कुल सङ्क्रमितमध्ये ७५० जना कोरोनाबाट निको भएर घरमा फर्किएका छन् । बाँकी १४० जना सक्रिय सङ्क्रमित विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update