Erani Mahal
'पाल्पा प्रशासनको आग्रह : यसवर्ष चाडपर्व परिवारभित्रै मनाउनू'
121291099_863816794154498_7888565694286408527_n
पाल्पा – जिल्ला प्रशासन कार्यालय पाल्पाले दशैं, तिहार लगायतका चाडपर्व परिवारभित्र मात्र मनाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले बिहीबार एक सूचनामार्फत जिल्लावासीलाई यसवर्ष चाडपर्व परिवारभित्र मात्र मनाउन आग्रह गरेको हो ।   प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्धारा जारी सूचनामा चाडपर्व मनाउने क्रममा अनावश्यक आवागमन, भेटघाट, भेला, सराय नाँच र मानिस जम्मा हुने कुनै पनि धार्मिक, साँस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।  कोभिड १९ को संक्रमणले जनजीवनमा नयाँ चुनौती उत्पन्न गरेको भन्दै प्रशासनले आफ्नो तथा समाजको स्वास्थ्य सुरक्षाका लागि प्रत्येक व्यक्तिको सचेतना आवश्यक रहेको बताएको छ । उच्च सतकर्ता अपनाउन समेत प्रशासनले सबैमा अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update