Erani Mahal
बिहीवार पाल्पामा १० जना कोरोना संक्रमणमुक्त
corona Negative
पाल्पा –  पाल्पामा कोरोना संक्रमितको संख्या दिनहूँजसो बढिरहेको छ । त्यही अनुपातमा निको हुनेहरु पनि बढिरहेका छन् । पाल्पामा बिहीवार मात्रै  थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार रैनादेवी छहराका ३ जना, रामपुरका ३ जना, तानसेनका १ जना, रम्भाका १ जना, अस्पताल तथा अन्य जिल्लाका २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् । योसंगै पाल्पामा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७ सय ४२ पुगेको छ । पाल्पामा हालसम्म ८ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिले भने पाल्पामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ३५ रहेको छ ।  उनीहरुमध्ये केही अस्पताल तथा अन्य आइसोलेसन सेन्टर र केही होम आइसोलेसनमा रहेका छन् । पाल्पामा कोरोनाका कारण हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्लो समय समुदायस्तरका व्यक्तिमा पनि कोरोना संक्रमण देखिन थालेसंगै स्वास्थ्य कार्यालयले थप सजगता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update