Erani Mahal
कोरोना अनुभव : भ्रम र यथार्थ
Corona
नवराज ढुंगाना २०७७ असाेज १५ गते विहीवार अली चाँड्डो अफिस पुग्नु पर्ने बाध्यता थियो । अघिल्लो दिन दुइवटा फाइल मलपाेतमा रोक्का नभएको कुराले मनमा चिन्ता त थियो नै विहिवार पनि अर्को २ वटा धितो रोक्का गरी दिस्बर्स गर्नु पर्ने थियो । अक्टोबर १ तारिक परेकोले बिहान ८ बजे देखी नै कार्यालय अगाडि भारतीय भूपू सैनिक पेन्सनरहरुको भीड लागि सकेको थियो । बिहान ८ः४५ म अफिस पुगिसकेको थिए । भैरहवाबाट परासी आउने जाने गर्न लगेको कारीब ३ महिना भाईसकेको थियो । कारीब ३५ मिनेट स्कुटरमा जानु र फर्किनु मेरो नियमित दैनिकी थियो । तेस दिन बिहान नुहाइसकेपछी केही अफ्ठ्याराे महसुस हुँदै थियो । केही दिन अघी ममी भैरहवा आउनु भएकोले छोराको हेरचाहकाे लागि ढुक्क थियौं । हामी दुबै जना काममा जानु पर्ने भएकोले विहान देखीनै हतार हतार काम गर्नु पर्ने बाध्यता त दैनिकी नै बनी सकेको थियो । अफिस पुगेर काम गर्दै थिए १२ बजेको पत्तै भएन । काम हुँदै थियो, काउन्टरमा भीडभाड थियो । मेरो कोठामा पनि २ जना ग्राहक हुनुहुन्थ्यो । उहाँ कै रोक्काको काम भएकोले कर्जा सुरक्षणका कागजात तयार गर्दै थिए । मोबाईलमा आएका काम सँग सम्बन्धित फोन कल पनि रिसिभ गर्दै पनि थिए । करीब १२ः३० बजे पछी असाध्यै टाउको दुख्यो एस अघि पनि कैले काँही दुख्ने भएकोले सामान्य रुप मै लिन प्रयास गर्दै थिए । जसो तसो आफ्नो रूममा भएका ग्राहकको काम सकाउने प्रयत्त्न गर्दै पनि थिए । यसबिच मै टाउको दुखाइको त्यो असह्य पिडा खप्न नसकी अफिस कै एक कर्मचारीको सहयोगमा एउटा सिटामोल खान भ्याइ सकेकाे थिए । घडी मा १ बजिसकेको रहेछ । असह्य पीडा भैरहेको थियो । जीउँ थर-थर काप्न थाल्यो, म अत्तालिए । मेरो केही अति महत्वपूर्ण जिम्मेवरी र चाबी एकजना सहकर्मीलाई सुम्पिएर तल झरे । आँखा तिर्मिराउन थाले, रिङ्गटा लागे जस्तो भयो । गार्ड दाईले स्कुटर तयार गरिदिनु भयो र निस्किएँ घर तर्फ । करीब २५ किमीको यात्रा गर्नु पर्ने थियो, आधा किमी आउँदा नआउँदै असाध्यै जाडो महसुस भयो स्कुटर रोकी सडक छेउमा घाम तापेर बसिरहे । मुख सुकेको थियो, आँखा भात्भती पोल्न थाल्याे यध्यपी बहिरको तातो घाम को किरण ले जाडो पन लाई भगाईसकेको आभाष गराउथ्याे । यत्तिकैमा परासी कै एकजना साथीको सहयोगमा भैरहवा आइपुगे । शरीर पूरै गलिसकेको थियो । ममी र बाबुघर मै हुनुहुन्थ्यो श्रीमती अफिस । शरीरको सम्पूर्ण भागहरु दुखेर असाह्य पिडा खपिरहेको थिए । जिउ थरथर कापेकै थियो यति पिडा शब्दमा बयान गर्ने नसक्ने अवस्था थियो । सुनेकै थिए जीवनमा भोग्ने पिडामध्ये महिलाहरुको प्रशव पिडा नै पहिलो र कठिन पिडा हो । दोस्रोमा जिउँदै जल्नुको पिडा तर यो सत्यलाई मेरो मनले अस्विकार गरिरहेको थियो । २ ओटा सिटामोल खाइ सुत्न प्रयास गरे तर अनौठो र असह्य पिडाले सुत्न सक्ने अवस्था थिएन मेरो दिउँसोको ४ः३० भइसकेको रहेछ, अफिसबाट छिटो विदा मागी श्रीमती आइपुगिन म दुखाइले एकोहोरो बर्बराइरहेको थिएँ ज्वरोको नाप लिन सघाइन ज्वरो १०३ डिग्री लगभग) रहेछ तातोपानी वेसार पानी तथा सिटामोल खान दिइछन तर मलाई पत्तो पनि छैन । सकि नसकी साँझको खाना खाएँ । यसविचमा म छुट्टै रुममा बस्ने चाँजोपाँजो श्रीमतीले मिलाएकी थिइन । ममी र बाबु तल्लो तलामा र म सबैभन्दा माथिल्लो तलाको कोठामा सुतें । श्रीमती म सुतेकै तलाको भान्छामा सुतिन । रातभरीको पिडा र बर्रबराहटले शरिर झन शिथिल भएछ । ज्वरो अझै उच्च थियो । मेरो नजिक कोही नआउनु भन्दै म छुुट्टै रहे । शुक्रवार विहान करिव ८ बजे भिम अस्पताल, भैरहवाको इमेरन्जीमा पुगे । मनमा हर तरंगका सवालहरु आइरहेका थिए । शरिर पुरै गलेर उभिन पनि सकेको थिइन । इमरजेन्सी कक्षबाट केही औषधि लेखिदिनू भयो र १० बजेपछि आउनु भन्ने सुझाव लिएर फेरी घरमा आए । १० बजे अगावै जाउलो खाइनरी फेरी अस्पताल पुगे । श्रमिती सगै थिइन । अस्पतालमा टिकट लिएर ३ नं कोठामा गई चिकित्सक संग परामर्श लिए । छातिको एक्सरे गर्न सुझाउनु भयो र सोही अनुसार एक्सरे गरेर डाक्टरले दुखाइ र ज्वरोको साथै मल्टिभिटामिन को क्याप्सुल दिनु भयो । शुक्रवारको दिनभरी नै ज्वरो र दुखाइसंग पौठेजोरी खेल्दैमा वित्यो । कता-कता डर चिन्ता र नरमाइलो लागि रहेको थियो । घरमा सबैले भाइरल हो ठिक हुन्छ भनी सान्त्वना दिइरहे । तर म भने कोरोना संक्रमण भएको छ भनी मनलाई दहो बनाउँदै थिए । मेरो शरीरको भाषा तेस्तो आइसकेतापनि घरका सदस्यलाई केही भएको छैन भनी आश्वस्त पार्न छाडेको थिइन । शरीरले लक्षण फरक देखाउदै थियो । भित्री मन डराएपनि परिवारमा त्यो आभाष पारेको थिइन । वास्तवमा यो मात्रै नभएर जुनसुकै रोगको औषधी उच्च मनोबल हो भन्ने लाग्थ्यो । ज्वरो नाप्दै ६-६ घण्टाको फरकमा कोडोपार भन्ने औषधी खाए। गुर्जो र अन्य जडिबुटी हालेर श्रीमतीले काँडा बनाएर दिन्थिन । दिनको ३/४ पटक त्यो खान थाले । जिब्रोमा एकास्सी स्वाद र नाकमा गन्ध थिएन केही खान मन नलागे पनि श्रीमतीको करले खान्थे तर स्वाद रत्ति भर थिएन । यसै क्रममा अफिसमा एकजना सहकर्मीलाई कोरोना संक्रमण देखिएको जानकारी पाएँ । त्यसपछि मलाई झन ठोस रुपमै लाग्यो की म पनि संक्रमित छु भनेर । शनिवार देखि ज्वरो १०१ डिग्रीमा झर्यो तर जिउ दुख्न र गल्न रोकिएन उल्टो बढीरहयो । प्रादेशिक अस्पताल बुटवलमा आइतबार १२ बजे स्वाव दिए । संगै गएकी श्रीमतीले पनि स्वाव दिइन । दिनभर सामान्य ज्वरो आइरहयो भने शरीर दुख्ने र थकाइ लाग्ने अवस्था कायम रहिरहयो । सोमबार विहान सम्म शरीर निकै गलिसकेको थियो । अश्वगन्धा र च्यवनप्रास किन्न श्रीमतीसंगै घरबाट बाहिर जान्छु भन्ने योजनामा घरबाट १० मिटर पुग्दा नपुग्दै मेरो गृह जिल्लाको आफ्नो नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको फोन कस्तो छ स्वास्थ्य अवस्था भनेर तब थाहा पाएँ रिपोर्ट पोजेटिभ रहेछ भन्ने । साइकोलोजी पनि अचम्मको चिज रहेछ । अघिसम्म ठिकै भएकोमा अब छाति गह्रङ्गाे भएजस्तो लाग्यो । सास फेर्न गाह्राे भएजस्तो भयो बास्तवमा रोग कति छिटो निको हुन्छ भन्ने कुरा विरामीको आत्मवलले निर्धारण गर्दो रहेछ । मैले सान्त्वना नपाएको र मनोबल उच्च नपारेको थाहा छैन म मा अरु के के लक्षण देखिए झै हुन्थ्यो । तसर्थ संक्रमित व्यक्ति संयमित र धैर्यवान हुनु पनि जरुरी छ । त्यसैगरी कम्तीमा पनि एउटा थर्मोमिटर र अक्सिमिटर हुनु जरुरी छ तर यो कुरा डाक्टरहरुबाट आउनुपर्नेमा बेहोस हुन लागेमा मात्रै हस्पिटल आउनु भन्ने कु शिक्षा दिइएको छ । जनतालाई कोरोनाले रगतमा अक्सिजन घटाइदिने र फोक्सोमा संक्रमण गर्ने दुई कारणले नै मान्छेको मृत्यृ भइरहेको यथार्थतालाई नबुझे झै गरिएको छ । बेहोस भएपछि वा बेहोस हुन लाग्दा मात्र अस्पताल आउनु भनिएको छ तर कस्तो अवस्थामा विरामी बेहोस हुन्छ र के कारणले उक्त अवस्था आउछ भन्ने शिक्षा दिइएको छैन । तसर्थ हामी स्वंय सजग हुनु जरुरी छ । मेरो अनुभवमा कोरोना संक्रमितले ४ वटा कुरामा सजगता अपनाउनु जरुरी छ । १. ज्वरोको स्थिती २. संक्रमण फोक्सो सम्म पुगे नपुगेको हेक्का ३.रगतमा अक्सीजनको मात्रा ४. शरिरमा भिटामिनको कमी हुन नदिने । यिनै लक्षणको आधारमा उपचार गर्नुपर्छ र निको भइन्छ नकी बेसार पानी र हाछयुले मात्र निको हुने होइन । यो सामान्य रुघाखोकी मात्रै त पटक्कै होइन । आज १४ औ दिनमा कोरोना संग लड्दैछु । पुर्ण निको भएको छैन तर पूर्ण आत्मबल र सजगताले सुधार हुदैछ । वास्तवमा स्वास्थ्य सजगता र सावधानी अपनाउदा अपनाउदै पनि म संक्रमित भए तसर्थ यसलाई हेलचेक्रयाई नगरौ । हावाबाट पनि सर्ने भएकोले यसलाई जीवनकै अंग ठानी आत्मसात गर्दै परास्त गरेर अघि बढौं । लेखक: बैंकर्स हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update