Erani Mahal
पाल्पामा अवैध काठसहित ट्याक्टर चालक नियन्त्रणमा
Pakrau
पाल्पा - प्रहरीको टोलीले रम्भा गाउँपालिका –५ ताहुँको सेर्काबासबाट अवैध रुपमा ल्याईँदै गरेको साल जातको काठ नियन्त्रणमा लिएको छ । हेक्लाङबाट सेर्काबासतर्फ आउँदै गरेको लु ३ त ३२७० नम्बरको ट्याक्टरमा चेकजाँचको क्रममा अवैध काठ भेटिएपछि काठसहित चालक स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका –२ लसर्घाका २८ वर्षका टंक बहादुर दमाईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । [caption id="attachment_13893" align="alignnone" width="850"] सांकेतिक तस्वीर[/caption]     प्रहरी चौकी ताहुँबाट प्रहरी सहायक निरीक्षक शिव कुमार यादवको कमाण्डमा मंगलबार साँझ गएको गस्ती टोलिले अवैध साल जातको काठ थान २४ गुलिया (३९.४२ क्यूफिट) फेला पारेको हो । ट्याक्टर चालक र वरामद काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, पाल्पामा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update