Erani Mahal
माथागढीकाे भुटुकेमा टेलिकमको टावरमा सोलार जडान
IMG_5039
पाल्पा- माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा सोलार जडान गरिएको छ । माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा पछिल्लो समयमा नियमित रुपमा विधुत आपूर्ति हुन नसक्दा माथागढी गाउॅपालिका भित्रका विभिन्न ठाँउहरूमा नेपाल टेलिकमको टावर बन्द रहेको थियो । सोलार जडान भएसँगै सुचना संचारबाट टाढा रहनु पर्ने समस्या हटेको छ । यहाँका स्थानीयलाई सदावाहार सूचना तथा संचारको पहुँचमा राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । स्थानीय लघु जलविद्युतको बाध भत्काउॅदा विधुत आपूर्तिमा समस्या भईरहेको स्थानीयले छन । टावर अवरुद्व हुँदा त्यस क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताहरु सञ्चार सेवा बाट बञ्चित भएका थिए । भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत आपूर्ति नहुॅदा त्यस आसपासको गाउॅहरूमा टावर केहि समय यता बन्द रहेको थियो । नेपाल टेलिकमले उक्त टावरमा सोलार जडान गरेको पछि विभिन्न ठाउँहरूमा मोवाईल टावरहरु सञ्चालनमा आएको थापाले जानकारी दिनुभयो । नेपाल टेलिकमका प्रमुख ढाकाराम पौडेलले टावरमा सोलार जडानसँगै बारम्बार टावर अवरुद्ध हुने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update