Erani Mahal
रिब्दीकाेट गाउँपालिकाद्वारा बजार अनुगमन
bajar
पाल्पा– जिल्लाको रिब्दिकोट गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ बतासे बजार अनुगमन गरेको अध्यक्ष नारायण बहादुर जिसीले रानीमहललाई बताउनुभयो । बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको, केहीमा मूल्यवृद्धि रहेको पाइएको छ । बजार अनुगमन बाट म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरु सरोकार वालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो । अनुगमनमा खाध प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठको समेत उपस्थिती रहेको थियो । मापडण्ड पुरा नगरेका पसललाई सचेत गराइएको र फेरी पनि गल्ती गरेमा कानून बमोजिम कारवाही गर्ने गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो । पाल्पामा चाडपर्व नजिकदै गर्दा विभिन्न पालिकाहरुले अनुगमन बढाएका छन् । पछिल्लो समयमा बजारमा कालावजारी, महंगी र मूल्यवृद्धि भइरहेको उपभोक्ताहरुको गुनासो आएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update