Erani Mahal
प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसनकाे कार्यक्रम सम्पन्न
Sapath PIN Palpa
पाल्पा – प्रोग्रेसिभ ईन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) को आयोजनामा पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा हालै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश न ५ का सभासद तथा नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का पाल्पा जिल्ला अध्यक्ष नारायण आचार्यले इन्जिनियरहरुको ध्यान राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रममा पाल्पा जिल्लाका जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीले समयअनुसार देश विकासका काममा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । पिन प्रदेश न ५ का अध्यक्ष ई. जीवन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिन का केन्द्रिय सदस्य ई. नारायण अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सोही दिन सम्पन्न सभाबाट ई. प्रकाश गैरेको अध्यक्षतामा २१ सदस्य पिन पाल्पा जिल्लाको तदर्थ समिती घोषणा गरिएको छ । कमिटिको उपाध्यक्षमा ई. सुरज पाठक, सचिबमा पुष्पराज ढकाल र कोषाध्यक्षमा श्रद्धा बस्याल चयन हुनु भएको छ । त्यसै गरि कमिटिको सदस्यमा ईन्जिनियरहरु सुमन पाण्डे, कविराज सेन्जल, अभिनास रेग्मी, बिप्लब के सि,प्रमोद कुँवर, हेमेन्द्र कुँवर,सुदन बस्याल, विशाल भण्डारी, सन्देश न्यौपाने, बिक्रम खनाल, पुजा भुसाल, लिला राना, बिबेक अधिकारी, शंकरप्रसाद कंडेल, जितेन्द्रप्रसाद श्रेष्ठ, तिलकराम भण्डारी र कमल सोमै रहनु भएको छ । प्रदेश न ५ का सचिवालय सदस्य आ. दिपक भट्टराई तथा प्रदेश सदस्य ईन्जिनियर राकेश पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रदेश सचिव अरुण खनालले गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update