Erani Mahal
मुटु कसरी स्वस्थ राख्ने ? यी हुन् सात उपाय
mutu
मानिसको मुटुलाई स्वस्थ बनाउने सवालमा विभिन्न तत्वको महत्वपूर्ण भूमिका हुन्छ । कतिपय कुराहरु आफ्नो काबु बाहिरको परिस्थितिमा पनि हुन्छ । जस्तै वंशानुगत समस्या रहेछ भने तपाईंले त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । तपाईंको पारिवारिक पृष्ठभूमि मुटु रोगसम्बन्धी छ भने तपाईलाई यसको बढ्दो खतरा हुन्छ । मुटु रोगको खतरलाई न्यून गर्ने केही प्रमाणित उपाय यस प्रकार रहेका छन् । धुमपानको आदत छोडनुहोस् पिउने आदतले मुटु रोगीलाई झनै असर गर्छ । त्यसैले ध्रुमपान छोडनु नै मुटु स्वस्थ राख्ने पहिलो उपाय हो । गत वर्ष बेलातयका १० लाख मानिसहरुमा गरिएको एक अध्ययन अनुसार धुमपान गर्ने व्यक्ति अन्य भन्दा १० वर्ष अगाडि नै मर्ने गर्छन् । ४० वर्ष अगाडि नै धुमपान गर्न छोडिदिनुभयो भने तपाईंले यसलाई निरन्तरता दिँदा भन्दा तपाई १० गुण बढी स्वस्थ हुने सम्भावना हुन्छ । मुटुको अतिरिक्त तपाईं स्वाश्सप्रशास, मुड, स्ट्रोक, डायबिटिज, क्यान्सर, रक्तप्रबाह लगायत अन्य समस्याहरुमा तीव्र सुधार हुन्छ । तौल घटाउनुहोस् मुटु रोग र अत्यधिक मोटोपनबीच पनि ठूलो सम्बन्ध रहेको छ । तौलमा हुने बृद्धिले तपाईलाई टाइप २ डायबिटिजको खतरा मात्र ल्याउदैन मुटु रोगको खतरलाई बढाउँछ । हिपमा भन्दा कम्मरमा बढी तौल छ भने तपाई स्वास्थका दृष्टिले अझै बढी जोखिममा पर्नुहुन्छ । यस्तो अवस्थामा ह्दयघात, उच्च रक्तचाप, सुगरको समस्या बढ्छ । मोटोपनबाट मुक्त ज्यान स्वास्थ्यका लागि उपयुक्त हो त ? संतृप्त तौललाई कटौती गर्न तपाईंलाई चिकित्सकहरुले सुझाब दिएका होलान् । रगतमा खराब कोलोस्ट्रोलको मात्र बढ्ने र यसले मुटुका धमनीलाइ साँगुरो पारी ह्दयघत गराउने भएकोले पनि तौल घटाउन चिकित्सकले सुझाब दिने गर्छन् । तपानी थोरै मात्रामा खाइने बटर, घ्यु क्रिम स्वास्थका लागि त्यति डरलाग्दो नहुने विज्ञहरु बताउँछन् । रातो मासु नखानु मुटु स्वस्थ बनाउन रातो मासु नखान विज्ञहरुले बताउदै आएका छन् । धेरै मात्रामा रातो मासु खानेमा मुटु रोगको खतरा २४ प्रतिशतले बढाउँछ । हरेक दिन ५० ग्राम परिष्किृत मासु खाने मानिसमा मुटु फेलियरको खतरा ८ प्रतिशत हुन्छ भने मृत्युको सम्भवाना ३८ प्रतिशत हुन्छ । रातो मासुले पेटसम्बन्धी अन्य रोग पनि निम्त्याउँछ । नुन थोरै खाने अत्यधिक नुनको सेवनले रक्तचाप बढाउने जीवनको उत्तराद्र्धतिर मुटुको खतरा बढाउँछ । बयस्कहरुले दिनमा ६ ग्राम भन्दा पनि न्यून (एक चिया चम्चा) नुन खानुपर्छ । नुनको मात्रा घटाउनुको अर्थ केबल तरकारीमा नुनको परिणाम घटाउने होइन कि अन्य नुनिला खानेकुरा पनि खान छोड्नुपर्छ । चिनीलाई छोडनुहोस् अमेरिकाको ठूलो जनसंख्यामा गरिएको एक पछिल्लो अध्ययनमा चिनी मिसाइएको दैनिक २५ प्रतिशत भन्दा बढी दैनिक क्यालोरी खाने मानिसहरुमा मुटु रोगबाट मृत्यु हुने तीन गुणा खतरा रहेको छ । बढी चिनी खादा तौलमा बृद्धि गर्नुका साथै मधुमेयको समस्या बढाउँछ । खाना र पेयमा राखिने चिनिको मात्रा घटाउनुहोस् । दिनहुँ खाने खानेकुरामा हुने चिनिको मात्रालाई विशेष ख्याल गर्नुहोस् । सक्रीय रहनुहोस् सक्रीय रहनुहोस । यदि तपाई सुस्त र अल्छी हुनुहुन्छ भने आजै देखि सक्रीय हुनुहोस । ४० वर्षपछि केही घन्टा फटाफट हिड्दा, साईकल चलाउदा वा सामान्य गतिविधिमा व्यस्त हुदा तपाईंको मुटु स्वस्थ हुन्छ । त्यसो त व्यायायम लगायतका शारीरिक गतिविधिबाट स्वास्थ्यमा धेरै फाइदा हुन्छ । तनावमुक्त हुनुहोस् तपाईं स्वस्थ मुटु राख्न चाहानुहुन्छ भने तनाबरहित हुनुहोस् । तनावले मुटुसँग विभिन्न समस्या उत्पन्न हुन्छन् । तनाव दिने हर्मन कोर्टिसोले अस्वस्थ फ्याटमा बृद्धि गरी मुटुको समस्याको खतरा बढाउँछ र अझै चिल्लो, चिनीयुक्त खानाप्रतिको आशक्त बढाउँछ । तसर्थ स्वस्थ मुटुको लागि आजैदेखि तनाबरहित हुनुहोस् ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update