Erani Mahal
रुरु भट्कुवामा बाख्रा वितरण
120813633_334834117807810_6466329413810453395_n
चुरामणी तिमिल्सिना, गुल्मी – रुरु क्षेत्र गाउँपालिका वडा नं. १ भट्कुवामा बाख्रा वितरण गरिएको छ । पाहार पाखो सामुदायिक वन उपभोक्ता समितिले भट्कुवा सदस्यहरुलाई जनही रु ३ हजार २ सयका दरले ५ जनालाई बाख्रा वितरण गरेको र थप ३ जनालाई आगामी बैठकमा वितरण गरिने वन उपभोक्ता समितिका अध्यक्ष हवलदार धनबहादुर विकले जानकारी दिनुभयो ।     वितरण कार्यक्रमका प्रमुख अतिथि रुरु क्षेत्र गाउँपालिका वडा नं. १ का वडा सदस्य फर्सुराम ज्ञवाली रहनुभएको थियो । उपभोक्ता समितिका पूर्व अध्यक्ष कर्णबहादुर चन्द लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले टोल–टोलको मुहार फेर्नका लागि यस्तै सामाजिक संस्था, उपभोक्ता संघ, महिला समूहको भूमिका प्रमुख भएकाले यस्ता सामाजिक संस्थाहरुप्रति उत्तरदायी हुन जोड दिनुभएको थियोे । अति विपन्न वर्गका रामबहादुर विक, लक्ष्मी ज्ञवाली, मीना विक, बिष्णु ज्ञवाली, कृष्ण विकलाई बाख्रा वितरण गरिएको थियोे ।       बाख्रा पाउँदा आफूहरुमा खुःसी छाएको र यसैबाट आफ्नो जीवनस्तर उकास्न ठूलो महत्व रहेको बताएका छन् । कार्यक्रमको संचालन समितिका सचिव गिरीप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update