Erani Mahal
प्रदेशकाे राजधानी बुटवललाई  नै बनाउनुपर्ने पाल्पा कांग्रेसकाे माग
20201005_121318
पाल्पा - नेपाली काँग्रेस पाल्पाले सोमबार तानसेनमा सांकेतिक रुपमा विरोध प्रदर्शन गरेकाे छ । प्रदेश सरकारले दाङ्काे भालुवाङ्लाइ प्रदेशकाे राजधानी बनाउने प्रस्ताव गरेकाे भन्दै त्यसकाे बिराेधमा कांग्रेसले तानसेनमा प्रदर्शन गरेकाे हाे । साेमबार बिहानदेखि तानसेनमा प्रदर्शन गर्दै कांग्रेस कार्यकर्ता तथा नेताले राजधानी सार्न नहुने कुरामा जाेड दिएका थिए । पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली आन्दोलन चोक, भिमसेन टोल, नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा  काँग्रेस पाल्पाका उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्षदलसँग छलफल नै नगरी जनभावना विपरी प्रस्ताव ल्याउनु गलत भएको जिकिर गर्नुभयाे । विगतमा टुङ्गो लगी सकेकाे राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने हिसाबले अहिले प्रस्ताव ल्याउनु गतल भएकाे उहाँले तर्क गर्नुभयाे । पार्टीका सचिव झपेन्द्र गैरेले हिजो नेकपाका नेताहरुले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याउनु गलत भएको उल्लेख गर्नुभयाे । प्रदेश ५ को स्थायी राजधानी वनाउनका लागि प्रदेश सभामा दाङको भालुवाङ्ग प्रस्ताव पेश भएपछि प्रदेश–५ को अस्थायी राजधानी बुटवलमा नेपाली कांग्रेसले त्यसको विरोधमा गत शुक्रवार देखि नै बिराेध गर्दै आएको छ । तर दाङ् सहित पश्चिम भेगका कांग्रेसले भने नयाँ राजधानीकाे प्रस्तावलाइ स्वागत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update