Erani Mahal
५ नं. प्रदेश राजधानी विवाद : ताेडफाेडमा कांग्रेसका सांसद
Todfod
बुटवल - प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए । सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो । कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिनुभएकाे थियाे । मन्त्री केसी रोष्टमतर्फ अगाडि बढ्दा कांग्रेस सांसदले छेकेका थिए । नेकपाले सर्वसत्तावाद लाद्न खोजेको कांग्रेसको आरोप छ। सभामुखले समय दिएपछि मन्त्री केसीले स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गर्नुभएकाे छ । लगत्तै विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन् । उनीहरूले बोल्ने माइक पनि तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update