Erani Mahal
प्रदेश ५ का माननीय मुख्यमन्त्री पोखरेललाई पत्र !
Dfa
१९ आश्विन २०७७ तानसेन पाल्पा माननीय मुख्य मन्त्री ज्यू सादर नमस्कार । राष्ट्रको सम्बृद्धिको लागि सपना बोकेको प्रदेश नं.५ को एक सचेत नागरिकको हैसिएतबाट आफ्नो अभिभावकसंग सकारात्मक सन्देश सहितको पत्राचार (भलाकुसारी) गर्न चाहन्छु । सर्वप्रथम वर्तमान समयमा समग्र विश्वका सबै देशहरू सिंगो मानव समुदाय र त्यससंग जोडिएका सबै खालका आर्थिक गतिविधिलाई कोभिड–१९ को महामारीले चुनौती दिइरहेको असहज र पीडादायी परिवेशमा यसको रोकथामको लागि उच्च सतर्कताका साथ व्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने तर्फ सोंच पूर्याउनु पर्ने महत्वपूर्ण समय हो । हाम्रो जस्तो साधन र श्रोतको अभाव भएको राष्ट्रको लागि कोभिड-१९ को फैलदो स्वरूप राम्रो संकेत होईन । रास्ट्र, सरकार र पार्टीको जीवनकालमा असफलताका बिभिन्न कारणहरू आउन सक्छन । कोभिड-१९ को सम्बन्धमा उच्च सतर्कताको विषयमा हामिले तन, मन, धन, बुद्दी, विवेक, दूरदर्शिता प्रयोग गर्न सकेनौ भने यो महामारी हाम्रो असफलताको कारण बन्न सक्छ भन्ने समय सन्धर्व लाई जगजाहेर गर्न चाहन्छु । नेपालको राजनैतिक इतिहासमा देशले अनेकौं आरोह, अवरोह, बिघ्न बाधाहरू झेल्दै हजारौं बीर सपुतहरूको बलिदानी पश्चात मुलुकमा विश्कै उत्कृष्ठ संबिधान लेखन कार्य पारित भइ मुलुकमा संघीय गणतन्त्र सहितको शुशासनको सुरूवात भएको छ । पूर्खाको इतिहासदेखी वर्तमानसम्मको सबै कोणबाट राजनैतिक, आर्थिक र सामाजिक हिसावले राष्ट्रले बामे सर्दै गरेको अवस्था हो । यी अपूर्व सफलता सहितको स्वर्णिम शुभारम्भको समयमा हामीले हरेक कार्यको शुभारम्भ गर्दा दूरदर्शितासहितको उच्च संयमताको प्रयोग गर्दै अगाडि बढ्नु आजको आवस्यकता हो । संघीय गणतन्त्र नेपालको प्रदेश नं. ५ भौगोलिक हिसावले हिमाल, पहाड र तराईको संगम सिस्ने हिमालदेखी भगवान वुद्धको जन्मस्थल लुम्बिनी, बर्दियाको राजापुर देखी पाल्पाको रामपुर सम्मको अन्न भण्डार, मध्यकालीन सभ्यता र सहरको रूपमा तत्कालीन समयमा शक्तिशाली राज्यको पहिचान स्थापित पाल्पा, ऋषिमुनिहरुको तपोभूमि गुल्मी, एसियाको ठुलो उपत्यका दाङ, भगवान वुद्धको इतिहाँस जोडीएको कपिलबस्तु, साम्राज्यवादी अंग्रेजहरूलाई घुंडा टेकाएको बिरासत जितगढी अवस्थित र एसियाका तारा भगवान वुद्धको जन्मस्थल लुम्बिनी अवस्थित रूपन्देही, धार्मिक आस्थाको धरोहर स्वर्गद्वारी अवस्थित प्यूठान, विश्वमै ख्याति कमाएका रास्ट्रिय निकुंजहरू अवस्थित बर्दिया र बाँके, थारु संस्कृति र छिमेकि देशको सीमानाका अवस्थित नवलपरासी, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको अर्घाखाँची, युद्ध इतिहास बोकेको रुकुम र रोल्पा यी समग्र नेपालको सानो संग्रालयको झल्को दिने भूगोलको कारणले हाम्रो प्रदेश नेपालकै राजनैतिक, सांस्कृतिक, ऐतिहांसिक, महत्वपूर्ण बिबिधताहरूले सुसज्जित प्रदेश भएका कारणले प्रचुर पर्यटकिय सम्भावना, कृषि तथा औध्योगिक क्षेत्रमा बैदिशिक लगानीका प्रचुर सम्भावनाहरू यो प्रदेशका सम्बृद्धिका सूचक तथा आधारहरू हुन । इतिहासका विभिन्न कालखण्डमा उचित समयमा दुरदृष्टी सहितका युगिन निर्णयहरूले नै बिकसित रास्ट्रहरुका सम्बृद्धिका भाग्य रेखाहरू कोरीएका छन । हाम्रो देश नेपालले पनि बिभिन्न राजनैतिक परिवर्तनहरू पश्चात बर्तमान परिवेशमा सम्बृद्धिको यात्रा तय गरेको छ । सम्माननीय मुख्य मन्त्री ज्यू, सम्बृद्धिको यात्रा तय गर्ने सम्बन्धमा वर्तमान समयमा प्रदेश नं. ५ ले प्रदेशले स्थाई राजधानीको स्थान र प्रदेशको नाम तय गर्ने प्रस्तावको उठान गरेको छ। सम्बृद्धिको यात्राको एक सचेत नागरिक र पर्यटनकर्मीको हैसियतले यो घडी प्रदेशको सम्बृद्धिको यात्राको पर्थम पाइला हो भन्ने मैले बुझेको छु । राजधानी राज्य व्यवस्था संचालनको सदरमुकाम हो । २१ औं शताब्दीको आधुनिक नेपालका सम्भव भएसम्म सबै प्रदेशहरू को राजधानी प्रविधि, पूर्वाधार र यातायातको सहज पहुँच स्थलमार्ग र हवाईमार्गको सहजताको निर्माण सकेपछी मात्र राष्ट्रले तय गरेको सम्बृद्धिको यात्रा सुरु हुनेछ । हालको प्रदेश नं.५ को बर्तमान अस्थाई राजधानी बुटवल यी सबै दृष्टीकोणले सम्बृद्धिको यात्राको लागि घोडाको लगाम र काठी कसीएर यात्रा तय गर्न तैयारी अवस्थामा देखिन्छ । बुटवल यो अवस्थासम्म आऊनको लागि पूर्खाको इतिहासदेखी मुख्यमन्त्रीको हैसियतले हजुर सम्मको महत्वपूर्ण देन छ । एसियाका तारा भगवान वुद्धको जन्मभूमि र विश्वका साम्राज्यवादी अंग्रेजहरूलाई नेपाली सेनाले घुंडा टेकाएको जीतगढिको काखमा राजधानी सहित त्यस प्रदेशको प्रमुख भै देशको महत्वपूर्ण प्रदेश को बागडोर सम्हाल्ने स्वर्णिम अवसर हजुरलाई प्राप्त हुनु भगवान वुद्धको आशीर्वाद हो । पुर्खाको गौरवशाली इतिहासको जगमा उभिएर प्रदेशको सम्बृद्धिको संवाहकको रूपमा बैभवशाली इतिहाँस रच्ने सुनौलो अवसर पनि हो । विश्वलाई शान्तिको सन्देश फैलाएका भगवान वुद्धको आसनबाट नेपाल र विश्वलाई सम्बृद्धिको सन्देश सहितको दोश्रो सुनौलो इतिहाँस रच्ने अवसर पनि हो । सम्माननीय मुख्यमन्त्री ज्यू, वर्तमान समयमा प्रदेस नं.५ को प्रदेश सभामा प्रस्तावित प्रदेशको राजधानी दाङ जिल्लाको भालुबाङ को सम्बन्धमा छलफल सुरु भएको छ । हो केन्द्र बिन्दुको हिसाबले यो स्थानलाई नकार्न सकिदैन । प्रदेश नं. ५ मा यस्ता शीघ्र बिकास गर्नु पर्ने स्थान हरू धेरै भएको कुरा पनि सत्य हो । तर बर्तमान समयको हाम्रो पहिलो प्राथमिकता सम्बृद्धि हो। सम्बृद्धिको यात्राको एक पैदल यात्रीको हिसाबले मेरो चर्मचछु भन्दा अन्तरमनको ज्ञानचछुले देखेको मेरो ठम्याइको एउटा ध्रुव सत्य बिषय हजुरसामु सानो स्वरले प्रकट गर्न चाहन्छु । मुलुकको लामो राजनैतिक अस्थिरताको कारण पूर्वाधार, आर्थिक एवं सम्बृद्धिको यात्रामा धेरै बिलम्ब भएको छ । कोभिड–१९ कै कारण दुरगामी महत्वका योजना लगायत उध्योग पतीहरुका लगानी, जनताको लगानीहरूका प्रतिफलहरू समग्र देशकै अर्थव्यबस्था हालकै अवस्था सम्म पनि ५ बर्ष पछाडी परिसकेको छ । अझै कति पर्ने टूँगो छैन । त्यो अर्थमा पनि बर्तमान अवस्थामा हामी जहाँ छौं र हामीसंग जे छ तेही बाट हामिले हाम्रो सम्बृद्धि को यात्रा तय गरेनौ भने हाम्रो सम्बृद्धि एउटा मृग तृष्णा हुनेछ। हामी २० औं बर्ष पछी पर्नेछौं । सन्ततिहरू सामु बिरोधीहरू सामु हामिले राम्रो सन्देश फैलाऊन सक्नेछैनौं ।अन्तत सम्भावनाहरूका बाबजुत हामी जहाँको त्यहि हुनेछौं। भालुवाङ जस्ता सम्भावनाका स्थलहरूमा प्रदेश सरकारका बिभिन्न बिकासे अड्डाहरू स्थानान्तरण गरौँ, मन्त्रालयहरू स्थानान्तरण गरौं। तर भगवान बुद्धको जन्मस्थल र जितगढी किल्लाको काख जसको विश्वमान चित्रमा बिशाल र बिराट परिचय स्थापित छ त्यो सम्मानित इतिहाँसलाई कायम गरौँ। केवल प्रदेश नं.५ को राजधानी र मात्र मुख्यमन्त्री को कार्यालयको रूपमा कायम गरौं। लगभग आजको समयको प्रबिधि, पूर्वाधार र हवाईमार्ग र स्थल मार्ग सहितको यातायात को पहुँच सहितको हालको राजधानीलाई कायमगरी लुम्बिनी प्रदेश बुटवल राजधानीमा : – राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरू लाई स्वागत गरौं। – राष्ट्रिय र अन्तराष्ट्रियस्तरका राजनैतिक ब्यक्तित्वलाई स्वागत गरौं। – राष्ट्रिय र अन्तराष्ट्रिय कूटनैतिक ब्यक्तित्व हरूलाई स्वागत गरौं। - लुम्बिनी प्रदेशको ज्ञान र गरिमाबाट शान्तिका साथै सम्बृद्धि बिगुल बजाऔं । अन्तमा भगवान बुद्धको शान्तिको सन्देश र बिर नेपालीहरुले जोगाएको अस्मिताको उच्च सम्मान गर्ने सवालमा हामीले एक जिम्मेवार बिबेकशील दुरदर्शी जनप्रतिनिधि मुख्यमन्त्रीको रुपमा प्राप्त गरेका छौ जसले हाम्रो पुर्खाको गौरबशाली इतिहासको जगमा उभिएर प्रदेश न. ५ को वैभवशाली इतिहास रच्ने महान कार्यमा दूरदर्शिताको यथेस्ट प्रयोग गर्नुहुने कुरामा बिस्वस्त छु । तपाइकाे नागरिक धनिश्वर बस्याल तानसेन–३ भगवतीटाेल पाल्पा
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update