Erani Mahal
रिव्दीकोटमा व्यवसायिक किसानको बै‌ंक व्याज गाउँपालिकाले तिर्ने !
Ri
पाल्पा– रिव्दीकोट गाउँपालिकाले पालिका भित्रका किसानलाई थप व्यवसायिक बनाउनको लागि योजना अघि सारेको छ । पालिकाका सबै किसानलाई व्यवसायिक कृषि कर्ममा लगाउनको लागि गाउँपालिकाले कृषि बैंकसँग सम्झौंता गरेर कामको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले रानीमहलाई बताउनुभयो । उहाँले गाउँपालिका भित्रका किसानहरुले मापदण्ड अनुसार काम गरेमा तिनीहरुको कृषि बैंकबाट ल्याएको ऋणको व्याज समेत गाउँपालिकाले तिरिदिने गरेर सम्झौंता भएको बताउनुभयो । उहाँका अनुसार विदेशबाट फर्किएका, युवा, दलित समुदाय, विपन्न परिवारलाई व्यवसायिक रुपमा आय आर्जनमा लगाउनका लागि यस्तो योजनाको सुरुवात गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालले रानीमहललाई बताउनुभयो । बैंकले मूल्यांकन गरेर किसानको हकमा ५० हजारदेखि ५ लाख सम्म र फार्मको लागि १ लाख ५० हजार देखि १० लाखसम्मको व्याज गाउँपालिकाले तिर्ने गरी सम्झौंता भएको कृषि शाखाका प्रमुख सन्जिव कुँवरले रानीमहललाइ बताउनुभयो । गाउँपालिका र कृषि विकास बैंक लिमिटेड, पालुङ मैनादी शाखा बीच कृृषक तथा कृषि तथा पशुपालन फर्मलाई कृषि ऋण प्रवाह गर्दा ब्याजमा शत प्रतिशत अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हाे । यस कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक कृषि उद्यमीहरूले गाउँपालिकाले आव्हान गरेको प्रस्तावमा निवेदन दिनु पर्नेछ । यस कार्यक्रम अन्तर्गत कृषकले न्युनतम ५० हजार देखि ५ लाख सम्म र कृषि तथा पशुपालन फर्मले न्युनतम १ लाख देखि १० लाख सम्म कृषि ऋणको ब्याजमा २०७८ अषाढ मसान्तसम्म शतप्रतिशत अनुदान पाउने गाउँपालिकाका अध्यक्ष जिसीले रानीमहललाइ बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update