Erani Mahal
रैनादेवी छहराको सत्यवतीमा ग्लोवल आइएमई बैंकको शाखा रहित सेवा
GD
पाल्पा– रैनादेवी छहरा गाउँपालिकाको सत्यवतीमा ग्लोवल आइएमई बैंकको शाखा रहित सेवा विस्तार गरिएको छ । शाखा रहित सेवा मार्फत ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवाको सुरुवात गरिएको र साना कामको लागि तानसेन र बुटवल, सालझण्डी जानुपर्ने समस्या समेत हटेको बैंकका छहरा शाखाका प्रमुख सुमन राउतले बताउनुभयो । शाखा रहित सेवा उदघाटन कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले गर्नुभयो । उहाँले शाखा मार्फत गाउँमा वित्तिय सेवा लिन आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष थमन रास्कोटी, लोकेन्द्र खड्का, स्थानीय सुरेश रायमाझी लगायतले शाखाको शुभारम्भको अवसरमा शुभकामना दिनुभयो । यस क्षेत्रका ३ सय बढी घरधुरीलाई बैंकले रेमिट्यान्स, बचत, भुक्तानी, सामाजिक सुरक्षा लगायतका सेवाहरु दिने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update