Erani Mahal
रूरू क्षेत्रमा काेराेना बढेपछि सचेतना अभियान
120578430_2393266427648148_2427477788347091584_n
चुरामणी तिमिल्सिना, पाल्पा - राष्ट्रिय युवा संघ नेपाल गुल्मी र मदन भण्डारी स्पोर्ट एकेडेमी र अखिल नेपाल महिला संघ गुल्मी रुरुको संयुक्त आयोजनमा युवा समाजसेवी हिमाल श्रेष्ठको विशेष सक्रियतामा कार्यक्रम गरिएको हो । रुरु क्षेत्रमा कोरोना पोजेटिभ भएका गुल्मी र पाल्पा कुनेसी पुल्क मुखका १८ घर परिवारका ३९ जनालाइ आयुर्वेदिक जडीबुटि, गुर्जो, बेशार, ज्वानो साबुन, माक्स हस्तान्तरण गर्दै उच्च मनोबल बढाउने प्रशिक्षण गरिएको थियोे । केही दिन यता पाल्पा तानसेन नगर पालिका वार्ड न १४ कि ४२ बर्षकी महिलाको कोरनाको कारण मृत्यु भएको थियो । उनकै सम्झनामा उनकै निवासमा पुगेर १ मिनेट मौन धारण समेत गरिएको हिमाल श्रेष्ठले जानकारी दिनुभयो । सामाग्री बितरण कार्यक्रमा सामाजसेवी, महिला समूह, युवा सामाजिक अभियान्ताहरु, विभिन्न संघसंस्थाको सहभागिता रहेको थियाे ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update