Erani Mahal
पाल्पामा थप १० जना कोरोना संक्रमित थपिए, निको भएर ६१ घर फर्किए
1585316796corona-test-lab-1
पाल्पा– पाल्पामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । यस संगै पाल्पामा कुल संक्रमितको संख्या ७ सय २७ पुगेको छ । पाल्पामा १४ दिन आइसोलेशन सेन्टरमा रहेर विहिवार ६१ जना घरफिर्ता भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका कोरोना फोकल पर्सन श्रीकृष्ण भट्टराईका अनुसार विभिन्न आइसोलेशन र होम आइसोलेशन सेन्टरहरुमा रहेका व्यक्तिहरु नेपाल सरकारको मापदण्ड अनुसार तोकिएको समयमा आइसोलेशनमा बसेर घर फिर्ता भएको बताउनुभयो । यससँगै पाल्पामा कोरोना निको भएर घर फर्किनेको संख्या ६ सय ४९ पुगेको छ । पाल्पामा अहिले कुल ७४ जना सक्रिय संक्रमितहरु आइसोलेशन सेन्टरमा रहेको उहाँले बताउनुभयो । पाल्पामा कुल ४ जनाको कोरोनाको कारण मृत्यू भएको छ । विहिवार थपिएका संक्रमितहरुमा रामपुरका २ महिला ३ पुरुष गरी ५, पूर्वखोलाका १ महिला, तानसेनका १ महिला ३ पुरुष गरी १० जना रहेका छन् । उनीहरु सबै समुदाय स्तरका संक्रमितहरु रहेको छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update