Erani Mahal
पाल्पाकाे रम्भामा पहिराेले घर भत्किंदा च्यापिएर गर्भवती महिलाकाे मृत्यु, पाँच बेपत्ता
pahiro-prabhabit
पाल्पा – अबिरल वर्षाले घर भत्किदा च्यापिएर एक गर्भवती महिलाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नं. २ स्थित सुरुङ्डाँडाकी २७ वर्षिया मोतिसरा गाहाको ज्यान गएको हो । वर्षातले बुधबार राति घर भत्किदा उनको घरले च्यापिएर मृत्यु भएको रम्भा गाउँपालिका वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । मृतक मोतिसरा गर्भवती समेत रहेको उहाँको भनाई छ । पहिरोले च्यापिएको उनको शब निकालिएको छ । उता रम्भाकै गहिराटोलमा गएको पहिरोले दुई घर च्यापिदा पाँच जना बेपत्ता भएका छन् । स्थानीय हुमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जना पहिलोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता हुनेमा हुमबहादुर सहित उहाँको श्रीमती, दुई नातिनी र छोरी रहेको वडा अध्यक्ष उमानसिंह सारुले जानकारी दिनुभयो । उनीहरुको खोजी र उद्दार कार्य चलिरहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update