Erani Mahal
पाल्पामा पहिराेले घर पुरिदा एकै परिवारका पाँच जना बेपत्ता
pahiro-prabhabit
पाल्पा – पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटस्थित गहिराटोल बेलौजेमा पहिरोले घर पुरिदा पाँच जना बेपत्ता भएका छन् । रातिदेखि परेको अबिरल वर्षाका कारण माथिबाट खसेको पहिरोले दुई घर पुरदिा पाँच जना बेपत्ता भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । [caption id="attachment_13349" align="alignnone" width="300"] प्रतिनिधि तस्विर : गुगल ।[/caption] गहिराटोलका हुमबहादुर गाहाको घर पुरिदा उहाँसहित श्रीमती, छोरी र दुई जना नातिनी बेपत्ता भएको प्रहरीले जनाएको छ । हुमबहादुरका छोराहरु भने सकुशल रहेको बताइएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर उद्दार तथा बेपत्ताको खोजी कार्य गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update