Erani Mahal
निस्दीमा नेकपाकाे पार्टी प्रवेश कार्यक्रम
xx
पाल्पा – निस्दी–५, गल्घामा नेकपाले कांग्रेसमा सक्रिय युवालाई पार्टीमा प्रवेश गराएको छ । नेपाली कांग्रेसमा सक्रिय रहेका युवा नेकपामा प्रवेश गरेको नेकपा निस्दीले जनाएको छ । नेपाली कांग्रेस निस्दीमा सक्रिय रहेका ५० जना युवा सहित कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको बताइएको छ । प्रवेश गर्नेहरुलाई नेकपाका ५ नं. प्रदेश सहइन्चार्ज एवं संघीय सांसद दलबहादुर रानाले टिका लगाएर स्वागत गर्नुभएको थियो । उहाँले नेकपामा प्रवेश गरेका युवा सहितका नेताकार्यकर्तालाई क्षमता र क्रियाशिलताका आधारमा पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभयो । उहाँले नेकपाले नेतृत्व गरेको तीनै तहका सरकारले जनता जनादेश अनुसार विकास निर्माणको काम गरिरहेको बताउनुभयो । उहाँले नेकपा एकीकृत रुपमा अगाडि बढेकाले अब नेकपाको विकल्प अरु पार्टी हुनै नसक्ने जिकिर गर्नुभयो । नेकपामा प्रवेश गर्ने युवाले नेकपा जनताको मन जित्दै अगाडि बढेकाले आफूहरु कांग्रेस पार्टी परित्याग गरेर प्रवेश गरेको बताएका थिए । कार्यक्रममा नेकपाका नेता राधाकृष्ण कँडेल, स्थानीय नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update