Erani Mahal
'गोपालदास पत्रकारिता पुरस्कार' बरिष्ठ पत्रकार श्रेष्ठलाई
ppp
काठमाडौँ - प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएकाे छ । प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार श्रेष्ठसहित अन्य पत्रकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट यस वर्ष पञ्चायतकालमा पाल्पाबाट काठमाडौँ गई मिशन पत्रकारिता गर्नुभएका श्रेष्ठलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशी १ लाख ५१ हजार रुपैंया रहेको छ । यसैगरी यसवर्षको १ लाख १० हजार राशिको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकम (काठमाडौँ) लाई रहेकाे छ । [caption id="attachment_13310" align="alignnone" width="2560"] समाराेहमा गाेपालदास पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाइ प्रदान गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी लगायत । [/caption] यस्तै २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई, १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यसवर्ष सटेन्द्र जबेगु (इलाम) रहेकाे छ । यस्तै सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि.क. (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको छ । समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले ध्यान पु¥याउनुपर्नेसमेत बताउनुभयो । ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्दछ भन्ने मैले ठानेको छु ।’– शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पुरस्कृत सबै पत्रकारलाई बधाई ज्ञापन गर्दै संविधानतः प्राप्त प्रेस स्वतन्त्रताको हक प्रत्याभूत गराउन र अभिव्यक्ति स्वतन्त्रतालाई स्वच्छन्दता एवं मनलाग्दी हुनबाट रोक्न काउन्सिलको सदैव सक्रिय रहेको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा नेपालको मूलधारका मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यवहाक अध्यक्ष श्रेष्ठले एकाध सिकारु न्यु मिडियाले प्रविधि र स्वतन्त्रताको दुरुपयोग गर्दा सिङ्गो पत्रकारिता जगतको प्रतिष्ठामा आँच पुगेको र जनमानसमा भ्रम सिर्जना भएको पाइए पनि मिडियाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update