Erani Mahal
म‌ंगलवार पाल्पामा थपिए १३ काेराेना संक्रमित
coronavirus_1580713677_otmjfGzE7X
पाल्पा- पाल्पामा मंगलवार १३ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पाल्पामा पछिल्लाे २४ घन्टामा १३ जना काेराेना संक्रमित थपिएका हुन् । मंगलवार पाल्पामा रैनादेवी छहराका १ रिब्दीकाेटका ११ र रामपुरकाे १ जना गरी ११ जना पुरुष र २ महिलामा काेराेना देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका काेराेना फाेकल पर्सन श्रीकृष्ण भट्टराइले बताउनुभयाे । पाल्पामा स्वास्थ्य कर्मी सहित समुदाय स्तरमा काेराेना देखिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । पाल्पामा पछिल्लाे समयमा समुदाय स्तरमा काेराेना संक्रमण फेलिदै गएकाे छ । साेमवार साँझसम्म पाल्पामा १६ जना स्वास्थ्यकर्मी सहित कुल १ सय २४ जना समुदाय स्तरका संक्रमित देखिएका छन् । पाल्पामा म‌गलवार थपिएका १३ सँगै अहिलेसम्म ७ सय १३ जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ८८ जना निकाे भएर घर फर्किएका छन् भने ४ जनाकाे निधन भएकाे छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update