Erani Mahal
गुल्मीमा पहिराेले पुरिदा २ जना बेपत्ता
pahiro-le
गुल्मी – गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिनुभयाे । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताउनुभयाे ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update