Erani Mahal
पावासेहरूको कथा : भाँगारा बजार- चप्पल किन्ने रहर अधुरै
gam bayembu
गम बयम्बु मगर भाँगारा जान पाउँदा खुशीको सीमा थिएन । स्कुल पढाईको चिन्ता त छँदैथिएन । त्यसरी खुशी हुनुमा एउटा कुरा साथी भाईलाई गफ लाउन पाईने- भाँगारा बजार पुग्याछु भन्न । अर्को गाडी हेर्न पाईने । सायद चैत बैशाखको महिना होला । घाम चर्कै थियो । म दस एघार वर्षको हुँदो हो । त्यो भन्दा सानो भए त त्यहाँ सम्म हिडेर जान कहाँ सकिन्थ्यो र ! पाल्पाबाट हिँडेरै नवलपरासीको भाँगारा (अरुणखोला) सम्म भारी बोकेर गएर बजार गर्नु पर्ने । तर मैले भारी बोक्न कहाँ सक्थेँ र त्यो उमेरमा । बा ले सुँठी, बेसारको भारी बोक्ने मैले सानो झोलामा केही चामल, दाल नुन भुटुन बोक्ने । एकै दिनमा पुग्न नसक्ने भएर वीच बाटोमा बास बसिन्थ्यो । हिड्दा हिड्दै बाटो मै भात पकाएर खाने । त्यसरी जाने आउनेलाई गाउँले भाषामा पावास जाने भन्दोरहेछ । हाम्रो घरबाट बा र म । उता साईँलो बा को घर बाट साईँलो बा र कान्छा दाइ । कान्छा दाइ (खर्ग बहादुर) साईलो बा को छोरा । हामी चार जना भएर विहान आठ बजेतिर गाउँबाट निस्क्यौं । बाहरूको भारी थियो होला त्यस्तै बीस बीस/तीस तीस धार्नीका । हामी लुटुरेहरूलाई तेलमा पोलेको कोदोको रोटी, भुटेको मकै, मकै कै साटु, तरकारी खाने पिँडालु, दाल, चामल गर्दा त्यही भारी । गाउँबाट खाबिरखोला झरेर त्यहाँबाट चुली खोलैखोला हुँदै गएर मित्यालको भिरपानी आर्जाङ्ग भञ्ज्याङ्ग निस्कनु पर्ने । भिरपानी मुनिको चिड्याली उकालो काट्नै कति गाह्रो । हाम्रो लागि सगरमाथा नै । उकालो सकिएपछि तेर्सो बाटोमा पुग्दा त मुटु नै फुट्ला जस्तो हुने । बाहरूलाई भारीमा कस्तो भाथ्यो होला ? शिर देखि पाउ सम्म निथ्रुक्कै पसिनाले । कतै कतै भारी बिसाउँदै थकाई मार्दै भुटीकोन गैह्रामा नास्ता खायौं । बाहरूले नास्ता संगै छानेको जाँड पनि । अरुणखोलाको तिरैतिर जानू पर्ने रहेछ । कहिले वरि कहिले पारी गर्दै त्यही खोलालाई कति ठाउँ तर्नु पर्ने कति । कुनै घाटमा त गहिरो । आजकल भने त्यही पुरानै बाटो हुँदै गाडी बाटो खुलेको छ । त्यसरी अरुणखोला तर्दै हिड्दा हिड्दा लखतरन भएर राईकोटे सम्म पुगियो बास बस्न । फेरि भात पकाउन दाउरा खोज्न पर्ने खोलाको तिरमा गएर हुन्छ कि नजिकको वनपाखामा हुन्छ । पकायो खायो भाँडा माझेर सुत्नु पर्ने । भोलि बिहान व्यूँझिने बित्तिकै भारी बोक्यो हिड्यो गर्न सजिलोको लागि । अहिले सम्झिँदा बाहरूलाई गाह्रै थियो । हामी त पानी ओसार्यो । बाहरुले पकाएको नपाकुन्जेल हेर्यो । पाकेपछि खायो सकियो । खाएर सुतियो । खोलाको तिरमा सुत्नु हाम्रो लागि गाह्रो । कहिल्यै घरबाट बाहिर गएर नसुतेका हामी । कुर भित्र लुकिरहने भोटी माछा जस्तै स्वभावका हामी कान्छा दाइ र म । आ-आफ्ना बाको काखमा लुटपुटियौं । थकान पनि उस्तै लागेको थियो । धन्न निन्द्राले घरै चाहिन्छ निदाउन भनेनछ कतिखेर निदायौं खै ! बिहान मिर्मिरे मै बाहरू लौ उठौ भन्दा पो झल्याँस्स भएँ । खाएर बचेका नास्ता र पकाएर नसकिएका जति तरकारी चामलको भारी बोकेर बिहानै हिडियौं ढाँडको बाटो । अरुणखोला वरि र पारी घना वनजङ्गल । जाँदा दायाँ पट्टि बाटो । कतै साँगुरो । कतै खोलाको रह मै आँखा पुग्ने भिरको बाटो । बतासा पुगियो । बाहरूको अगाडि र पछाडि भाग्दै जाँदै गर्दा कान्छा दाइ र मेरो योजना बन्यो । भाँगारा आउँदा आउँदा एकुन जोर चप्पल किनेर लगाएर फर्किने । ए साँच्ची एउटा कुरा भन्या छैन नी तपाईहरू लाई । त्यो के भने नी हामी त्यहाँ सम्म हिडेर गईरहेका छौं । हामी खाली खुट्टा मै थियौं नि । कान्छा दाइ र म । उबेला सानामा चप्पलै थिएन हाम्रो । उस्तै साना साईज का चप्पल पनि बनाउथेनन् होला त्यत्ति । खुट्टामा चप्पलै नभए पनि भाँगारा बजार जाँदैछु सोंचेर त्यत्ति खुट्टा दुखेको थाहा भएन । हुन त भात खाएर राती सुत्ने बेलामा बाहरूले तोरीको खाने तेल दलिदिनु भएको थियो खुट्टामा । धारेसिम्मलबाट अरुणखोला बजार निस्कन सकस बाबै नि । अरुणखोलाको पुल देख्दा । पुलबाट गाडी आउजाउ गरेको देख्दा नजिकै झै लाग्ने । आँखा संगै मन उतै पुगि सक्याछ । ज्यान पुग्ने कहिले हो कहिले । बाहरूले ल अब पुगिन्छ भन्दै । नजिकै आई पुग्यो । पुग्नै लाका छौं भन्दै जाँदा जाँदा दु:खले पुगियो अरुणखोला बजार । भाँगारामा सुँठो बेसार खाने बाँनियाँहरू छन् । भगवान श्रेष्ठ/जनक श्रेष्ठ दाजुभाइ पाल्पाबाट गएकाहरू हुन् उनेरूले पनि खान्छन् भनेर गाउँका बुढापाकाहरू बोलेको सुन्दा मनमनै भन्थेँ- "सुँठी बेसार नै खाने कस्तो मान्छे होलान् ? तिनीहरूले भातै नखाएर सुँठो बेसारकै छाक खाएर बस्छन् कि के होला ?" पछि बा सित सोधेको थिएँ । "बाँनियाँहरूले लिन्छन्/किन्छन् भनेको हो ।" बा ले स्पष्ट पारिदिनु भएको थियो । भाँगारा बजार पुगेर उहीँ भगवान श्रेष्ठहरूको घर मै गएर भारी बिसायौं । उहाँहरुले आफुुहरूलाई सुँठी बेसार दिने पावासेहरुलाई सुत्ने ठाउँ समेत दिनु हुने गर्दो रहेछ त्यो बेला। भाउसाउ बुझेर बाहरूले बोकेर लगेको सुँठी बेसार तौलायौं । रोडतिर गाडी गुडेको आवाज सुन्दा हामीलाई उतै जाउँजाउँ हुने । बाहरूले तिमीहरू हराउन सक्छौ । हामीलाई छोडेर कही पनि नजाओ भन्नु हुन्थ्यो । साँझ भात पकाएर खानलाई भाँडाकुँडा बोकेर बजार छेउ अरुणखोलाको तिरमा गयौं । हामी लुटुरेहरूलाई गाडी देख्न पाएपछि अरु चाहिएन । खाना भन्दा गाडी गुडेको, गाडीको हरन बजेको सुन्न मै मज्जा । पुर्व पश्चिम राजमार्गमा गुड्ने गाडीहरू पुलबाट ओहोरदोहोर गर्दा गनेर बस्ने । तिम्रो र मेरो भनेर पालो लाउने हामीहरू नै हौं । बेच्न लगेको बेचियो । किन्न पर्ने भोलि किन्ने अनि घरतिर फर्किने सल्लाह गरेर सुतियो । भाँगारा बजार गर्मीको महिना । गर्मीले सताएको छ । त्यति नभएर लामखुट्टेहरू को उधुम । जसोतसो रात कटाईयो । बिहान भयो । बाहरूलाई कसरी भन्ने होला त चप्पल किनिदिनु भनेर । निकै आपत पर्यो भन्न नसकेर । साईलो बा गाउँमा प्राय जसो गाई गोठालो गर्नु हुने । मगर भाषामा बोली चाली हुने घरमा पनि खसकुरा बोल्नु हुन्थ्यो । के के सामान हो किन्नलाई बजारतिर निस्कियौं बिहान । आईतबार बजार लागेको रहेछ त्यो दिन । दुकानतिर नि निस्दी-६,अर्चले,पाल्पा
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update