Erani Mahal
आधा यात्रु राखेर तानसेनदेखि बस गुड्न थाल्याे !
IMG_0382
सुशिल नेपाल, पाल्पा – बस चालक प्रकाश केसी आईतबार दिउँसो पाल्पा सदरमुकाम तानसेन बसपार्कमा यात्रुको प्रतिक्षामा हुनुहुन्थ्याे । उहाँ तानसेन–बुटवल सडकखण्डमा बस चलाउँदै आउनुभएको छ । लकडाउनपछि आईतबार नै हो, उहाँले चलाउने बस सडकमा गुड्न लागेको । आधा घण्टाको प्रतिक्षापछि एक यात्रु बसमा चढे । यसैगरी १६ यात्रु भएपछि बल्ल उहाँको बस बुटवलतर्फ लाग्छ । [caption id="attachment_13257" align="alignnone" width="1037"] तस्विर : सुशिल नेपाल ।[/caption] ‘यात्रु नै छैनन् । आधा घण्टामा बल्ल एक यात्रु भेटिए । अझै कति घण्टा कुनुपर्ने हो’– उहाँले हामीसँग गुनासो पोख्नुभयो । बसको आधा सिटमा मात्र यात्रु राख्नुपर्ने सरकारले घोषणा गरेको छ । तर बस व्यवसायीले भने अन्य समयको तुलनामा यो समयमा ५० प्रतिशत बढी लिन पाउने व्यवस्था छ । तर यसरी सवारी चलाउँदा सञ्चालन खर्च समेत उठाउन मुस्किल पर्ने यातायात व्यवसायीको गुनासो छ । बसधनी समेत रहनुभएका केसी भन्नुहुन्छ, ‘सुरक्षा सावधानी त अपनाउनुपर्यो, तर यसरी गाडी चलाउँदा फाइदा भने छैन् ।’ [caption id="attachment_13258" align="alignnone" width="1037"] तस्विर : ;सुशिल नेपाल ।[/caption] तानसेन बुटवल बस चलाउँदै आउनुभएका रविन्द्र गुरुङको गुनासो पनि यस्तै छ । सिट क्षमता भन्दा आधा यात्रु राखेर सवारी चलाउँदा फाइदा नरहेको उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ –‘३ घण्टा कुरेर केही यात्रु लिएर हिँडने हो । हामीलाई केहीफाइदा छैन् ।’ २ घण्टा लगाएर आधा यात्रु लिएर बुटवल जान लागेको उहाँले बताउनुभयो । अहिले तानसेनका अधिकांश बस चालक तथा व्यवसायीको गुनासा यस्तै छन् । व्यवसायीहरूले आधा यात्रु राखेर आफूहरू बस गुडाउन नसक्ने बताउँछन् । कोरोनाको जोखिम नघटेकाले पनि यात्रुहरू सार्वजनिक यातायातमा यात्रा गर्न अझै डराउने अवस्था रहेको छ । बुटवलका लागि बसमा चढ्नुभएका तानसेन–१२, बौघापोखराथोकका शिवबहादुर दर्जीले बसमा यात्रा गर्नुपर्ने आफ्नो बाध्यता भएको बताउनुभयो । ‘बसमा यात्रा नगरेर के गर्ने, बुटवल जानुपर्ने छ, उहाँले भन्नुभयो – साँझबिहान खानकै लागि भएपनि बुटवल जानुपर्नेछ ।’ आईतबार पाल्पाको ग्रामीण क्षेत्रबाट तानसेन आउने जीपहरूको संख्यापनि बढी देखियो । तर, बसमा जस्तो जीपमा सुरक्षा सावधानीसँगै सरकारको नियमको पालन भएको भने देखिएन् । जीपले यात्रु कोच्दा ट्राफिक प्रहरीले चेकजाँच नगरेको तर, आफूहरुलाई कडाई गरेको बस व्यवसायीहरूको गुनासो छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update