Erani Mahal
पाल्पामा थपिए १६ जना काेराेना संक्रमित
d
पाल्पा- पाल्पामा शनिवार १६ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पा अनुसार पाल्पामा २४ घन्टामा १६ जना काेराेना संक्रमित थपिएका हुन् । पाल्पामा स्वास्थय कर्मी सहित समुदाय स्तरमा काेराेना देखिएकाे स्वास्थय कार्यालयले जनाएकाे छ । पाल्पामा पछिल्लाे समयमा समुदाय स्तरमा काेराेना संक्रमण फेलिदै गएकाे छ । शनिवार साँझसम्म पाल्पामा १६ जना स्वास्थ्यकर्मी सहित कुल १ सय ११ जना समुदाय स्तरका संक्रमित देखिएका छन् । पाल्पामा शनिवार थपिएका १६ सँगै अहिलेसम्म ६ सय ९७ जनामा काेराेना संक्रमण देखिएकाे छ भने हालसम्म ५ सय ८१ जना निकाे भएर घर फर्किएका छन् भने ४ जनाकाे निधन भएकाे छ ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update