Erani Mahal
बुटवलमा थप ४२ जनामा काेरोना भाइरस संक्रमण पुष्टि
corona-virus-covid-19
बुटवल- बुटवल उपमहानगरपालिकाका शुक्रबार एकै दिन ४२ जना नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । यससँगै बुटवलमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टा भित्रमा बुटवलको वडा नं ९, ११ र १३ मा ५÷५ जना, वडा नं ३,४ र १२ मा ४÷४ जना, वडा नं ८ मा ३ जना, वडा नं १, ६ र ७ मा २÷२ जना, वडा नं २ मा १ जना तथा वडा नं नखुलेका ५ जना गरी ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए । बुटवल उपमहानगरपालिकाका ३ सय ७२ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन् भने ३१४ जना सक्रिय संक्रमितको उपचाररत रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ । हालसम्म बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update