Erani Mahal
माथागढीमा ५ वेडको आइसोलेसन निर्माण गरिदै
FB_IMG_16003235769638937 (2)
पाल्पा- पाल्पाको माथागढी गाउँपालिकामा ५ बेडकाे आइसोलेसन निर्माण सुरु गरिएकाे छ । संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा गाउँपालिकाको वडा नं. ४ झडेवा देउगिरमा ५ वेडको आइसेलेसन निर्माण हुने लागेको हो । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैदिदै गएपछि उपचार तथा रोकथामका लागि आइसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाको अनुसार आइसोलेसन कक्षसँगै २५ वेडको क्वारेन्टाईन समेत निर्माण गरिने छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा राख्ने स्थान नभएकाले समुदाय स्तरमा फैलन नदिन आइसोलेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । माथागढी ४ झडेवा देउगिर सभाहलमा आइसोलेसन र किसान मा.वि.को पुरानो भवनमा क्वारेन्टाइन बनाउने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । यसअघिका कोराना संक्रमितलाई जिल्लाको मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । गाउँपालिकामै आइसोलेसन निर्माण भएपछि कोरोना संक्रमितलाई महङ्गो शुल्क तिरेर अन्यन्त्र अस्पतालमा राख्नु नपर्ने गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update