Erani Mahal
गुल्मीमा पनि पीसीआर मेसिन आयाे : पीसीआर जाँच हुन केही दिन लाग्ने !
PCR Test Machine
गुल्मी - गुल्मी जिल्लामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन आएकाे छ । मेसिनकाे उद्घाटन बिहीबार परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले गर्नुभयाे । परराष्ट्रमन्त्री ज्ञवालीको पहलमा रेसुङ्गा नगरपालिका वडा नम्बर ९, उपल्लो तम्घासमा पीसीआर जाँच ल्याव स्थापना गरिने तयारी छ । यद्यपी मेसिनले जाँच गर्न भने अझैँ बाँकी नै छ । यसअघि पनि गुल्मीमा पिसिआर मेसिन ल्याएर मन्त्री ज्ञवालीले नै साउन २ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसाललाई हस्तान्तरण गर्नुभएको थियो । तर बीचमा केही प्राविधिक समस्या देखिएपछि मर्मतको लागि काठमाडौ लगिएको थियो । अहिले उक्त मेसिनको सट्टा नयाँ मेसिन ल्याइएको छ । ल्याबका लागि जिल्लाका १२ वटै स्थानीय तहले ५ लाखका दरले संकलन गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनको लागि पीसीआर मेसिन संचालनमा ल्याउन लागिएको हो । बिहिबार ल्याबको उद्घाटन गरिएपनि नियमित संचालनमा आउन भने अझै केही समय लाग्नेछ । गुल्मीमै कोरोना जाँच गर्ने पीसीआर मेसिनको सुरुवात भएपछि पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update