Erani Mahal
पाल्पामा कोरोनाबाट मृत्यू भएका पुरुषको शव खावा क्षेत्रमा व्यवस्थापन गरिदै
Corona Sab
पाल्पा– कोरोनाबाट निधन भएका तानसेनका पुरुषको शव खावा क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन समितिले गरेको छ । तानसेन नगरपालिकाले तोकेको शव व्यवस्थापन गर्ने क्षेत्र वडा नं. ८ मा रहेको खावा पहिरो क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो । विहिवार विहान तानसेनको वृद्धाश्रम मिसनको आइसोलेशनमा मृत्यू भएका तानसेन- ७ पाल्पाका ५२ वर्षिय पुरुषको सव सोही स्थानमा व्यवस्थापन गर्ने निर्णय भएको हो । पाल्पामा अहिलेसम्म ३ जनाको मृत्यू भएको छ । उनीहरु तिनै जनाको शव सोही क्षेत्रमा गरिएको छ । तानसेनमा विहिवार बसेको सिसिएमसीको बैठकले नेपाली सेनाको टोलीले प्रहरी र अस्पतालको समन्वयमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update