Erani Mahal
उपचार गर्न भैरहवा पुर्‍याएर पाल्पा ल्याइएको थियो कोरोनाबाट निधन भएका पुरुषलाई
CORONA-DEATH-2
पाल्पा– एक हप्ता अघि विरामी भएर अस्पताल भर्ना भएका तानसेन-७ का ५२ वर्षिय पुरुषको निधन भएको छ । उनलाइ उपचारको लागि पाल्पाबाट वुटवल भैरहवा सम्म लगेर त्यहाँ उपचार हुन नसकेपछि पुन पाल्पा ल्याएको थियाे । एक हप्ता अघि अस्पतालमा आएका विरामीको संकास्पद लक्षण देखिएपछि मिसन अस्पताल पाल्पाबाट कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण गर्दा उनलाई पोजेटिभ देखिएपछि थप उपचारको लागि बुटवल पठाइएको थियो तर बुटवलका अस्पतालमा भर्ना नगरिदा पुन पाल्पा ल्याएको थियो निजको बिहीबार विहान निधन भएको हो । कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताउनुभयो । बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि उनलाई पुन तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ । कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका अस्पतालले बिरामी राख्न नमान्दा बिरामीसँगै एम्बुलेन्स चालकले पीडा बेहोर्नु परेको थियो । मिसन अस्पतालले कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाएको थियो । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्‍याएर ल्याउन भन्यो । प्रादेशिक अस्पतालले बेड नभएको भन्दै राख्न मानेन । एम्बुलेन्स चालकले भीम अस्पताल भैरहवा लिएर गए । त्यहाँ पनि राख्न बेड अभाव भएको जानकारी पाएपछि बुटवलको मुटु अस्पताल ल्याए । त्यहाँ पनि राख्न नमानेपछि पुनस् पाल्पा फिर्ता ल्याएको चालक सुरज खत्रीले बताउनुभयो । मिसन अस्पतालका प्रमुख व्यवस्थापक जीवन भट्टराईले कोरोना संक्रमित बिरामीको थप उपचार गर्नुपर्ने भएकाले पाल्पा अस्पतालको समन्वयमा बुटवल पठाएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update