Erani Mahal
पाल्पामा थप चार जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण
Swab
पाल्पा – पाल्पामा कोरोना नियन्त्रणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेको छ । सोमबार मात्रै थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्विनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्सलाई कोरोना संक्रमण भएको छ । योसँगै पाल्पामा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ७ जना पुगेको छ । कलेजको स्टाफनर्समा कार्यरत २२ र २३ वर्षकी महिलामा कोरोना देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो । यस्तै मिसन अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी सहित तीन जनामा कोरोना पुष्टि भएको छ । ३३ वर्षका एक जना चिकित्सक, ३४ वर्षकी अनमी र ३४ वर्षका स्टाफलाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित भएका सबै स्वास्थ्यकर्मीको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पतालहरुले जनाएका छन् । आइतबार आएको रिपोर्ट अनुसार मिसनमै उपचाररत रहनुभएका ५१ वर्षका पुरुषमा समेत कोरोना देखिएको छ । उनीहरु सबैको कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिनुभएका स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पाल्पामा हालसम्म समुदायस्तरमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जना जनप्रतिनिधि रहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update