Erani Mahal
जापानी नागरिक ओके बाजेद्वारा एक सय बीस परिवारलाई राहत वितरण
119516683_1252152645120098_3089682061844496086_n
पाल्पा - जापानीज समाजसेवी काजुमासा काकेमी (ओके बाजे) द्वारा निस्दी गाउँपालिका पाल्पाका १२० घरपरिवारलाई राहत वितरण गरिएको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा रहेका घरपरिवारलाई राहत वितरण गरिएको समाजसेवी ओके बाजेले बताउनुभयो । राहत वितरण गर्दै उहाँले भन्नुभयो, यो महामारीले गर्दा म नि आफ्नो देश फर्कन पाएको छैन,मैले नि मेरो स्वास्थ्यको ख्याल गरेको छु तपाईहरु पनि ख्याल गर्नुहोला । निस्दी-४,मित्यालका ३ वटा गाउँ छाँपडाडा,आमडाँडा र दुवर्घाका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो । त्यसैगरी वडा नम्बर-५,गल्धाको गेझा,राइकोट,धनुबास,कोटथर,बाङलाङ्ग,बेलौजी,गाबुडाँडा,र पटकसारका ८० घरपरिवारलाई वितरण गरिएको छ । प्रतिघर परिवारलाई १ क्विन्टल चामल,दाल र तेल वितरण गरिएको राहत वितरण वडा नम्बर-६,अर्चलेको रनगुवाका १० घरपरिवारलाई समेत वितरण गरिएको थियो । लामो समय देखि बिकासका गतिविधि प्रत्यक्ष सहभागी हुँदै आउनु भएका ओके बाजेले प्रति टोलमा ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको जानकारी गराउनु भयो । प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update